१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, जिल्ला त्रिवेणी गाउँपालिका–१ स्थायी घर भइ चैनपुर नगरपालिका–६ भञ्याङखर्क बस्दै आएका ५७ वर्षीय गम्बु शेर्पालाई ०८३ जेठ १८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई पटकपटक र अन्तिम पटक जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १५ गते गरिएको छ ।