१७ वर्षीया बालिकालाई फागुन २३ गते नीलकण्ठ नगरपालिका–५ का १९ वर्षीय सागर रोक्कासँग बालविवाह गराउन लागेको आरोपमा बेहुला सहित ४६ वर्षीय बेहुलाका बाबु गोपी रोक्का र पीडित बालिकाका ४५ वर्षीय बाबुलाई सोहिदिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका एसपी राजकुमार बैदवारले जानकारी दिए ।
पीडितकी आमाले आरोपितहरू विरूद्ध २३ गते जिल्ला प्रहरी कार्यालयल धादिङमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
आरोपितहरूलाई बालविवाह अन्तर्गत अदालतमा मुद्दा दर्ता गरी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि हिरासतमा राखिएको एसपी बैदवारले बताए ।