INSEC Online

📅 २०८३ जेष्ठ २२

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

पतिले कुटपिट गरी घाइते भएको भन्दै त्रिपुरासुन्दरी नपा–४ सुँउकी ४७ वर्षीया पाँचा डाँगीले ५६ वर्षीय शिवधन डाँगीकाविरूद्ध फागुन २४ गते त्रिपुराकोट, प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

बिहानै मदिरा सेवन गरेका डाँगीले ‘परपुरूषसँग सम्बन्ध राखेको’ आरोप लगाउँदै फागुन २४ गते चिरपट दाउराले कुटपिट गरेको पीडितको भनाई छ ।

पतिको कुटपिटबाट पाँचा डाँगीको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेकी पीडितको उपचार त्रिपुरासुन्दरी मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।

त्रिपुराकोट, प्रहरी चौकीका सई टेकबहादुर देउवाले पीडितले दिएको निवेदनको आधारमा आरोपिताई गिरफ्तार गरी कानुन अनुसार कारवाही गरिने जानकारी दिए ।

अन्य

भिडियो