INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका– १ नयाँटोलका ३५ वर्षीय कृष्ण प्रसाद कशौधनलाई ०८३ जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई वैशाख २ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो