INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा–८ का २२ वर्षीय सञ्जय साह तेलीलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २३ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २३ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसधान थालिएको छ ।

अन्य

भिडियो