INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गुजरा नपा–२ का २५ वर्षीय रामबालक पटेल, सोही ठाउँका २५ वर्षीय जसु साह कलवार र सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र साह कलवारविरूद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन २४ गते उजुरी दिएकी छिन् ।

पीडित बालिकालाई आरोपितहरूले फागुन २३ गते बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् । आरोपित मध्येका रामबालक पटेलसँग तीन महिना अघि फोनमा चिनजान भएका आधारमा पीडित बालिकालाई आरोपित पटेलले होलीको लागि कपडा किनिदिने बहानमा मोटरसाइकलमा जङ्गलमा लगेर साथीहरू समेतको सहयोगमा सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताइन् ।

पीडित बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।

अन्य

भिडियो