१६ वर्षीय बालिकालाई ०८३ वैशाख २१ गते बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका– ५ का २६ वर्षीय इलियास पठानविरुद्ध पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
घटनालाई मेलमिलाप गराएको आरोपमा प्रहरीले यशोधरा गाउँपालिका– ५ का ५५ वर्षीय लहिस पठान, सोही ठाउँकै ४८ वर्षीय मोहम्मद सरिफ पठान र यशोधरा गाउँपालिका– ८ का ४५ वर्षीय रामवृक्ष कहारलाई वैशाख २९ गते घरबाटै गिरफ्तार गरेको छ ।
घटनाका आरोपित इलियास फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते शिवराज अस्पताल बहादुरगंजमा गरिएको छ ।