INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१० वर्षीया बालिकालाई ०८२ चैत ५ गते बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबा विरुद्ध पीडित पक्षले ०८३ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपितले बालिकालाई यसअघि पनि पटक–पटक बलात्कार गरेको र अरुलाई भनेमा कुटपिट गर्ने धम्की दिएका कारण डरले कसैलाई भन्न नसकेको पीडित बालिकाको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते हेटौंडा अस्पताल स्थित ओसिएसिमा गरिएको छ ।

आरोपित हाल फरार रहेको प्रहरीले जनाएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो