२५ वर्षीया महिलालाई ०८३ वैैशाख २३ गते बलात्कार गरेको भन्दै प्रहरीले रामपुर नगरपालिका–६ बराहाटारका ४२ वर्षीय सञ्जयकुमार सार्कीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध वैशाख २५ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते पाल्पा अस्पतालमा गरिएको छ ।