मधेशी आयोगको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको सहकार्यमा ०८३ वैशाख १७ जनकपुरमा सम्पन्न नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सम्बोधन गर्नु हुँदै नैतिक जागरणका लागि औजारको रुपमा नैतिक शिक्षा अपरिहार्य रहेको भन्दै यो नै मानवताको आधार भएकाे बताउनु भयाे ।

सदैव मधेश नैतिकवान रहेको औँल्याउदै नयाँ पुस्तामा त्यो गौण रहेको हुँदा मलजलको निम्ति सरोकाबाला निकाय , समुदाय तथा ब्यक्ति स्वंमले सदाचार निति अबलम्बन गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो । व्याख्यान विधिलाई निरुत्साहित गर्दै संवाद पद्धतिमा शिक्षा प्रणाली विकास गर्नु अबको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी मधेश प्रदेश सभा सदस्य शारदा पहाडि दासले पाठ्यक्रम प्रदेशस्तरमा तयार गरी भूगोल अनुसार शैक्षिक कार्यक्रम निर्धारण गर्न प्रदेश सरकारलाई ध्यनाकर्षण गराउनुभयो । साथै स्थानीय भाषाको सम्मान र प्रवर्धनमा अग्रसर रहन अग्रह गर्नु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले नवपुस्तामा नैतिक शिक्षाको अभावमा समाज दण्डहिनता र उदण्डता तर्फ उन्मुख भइ रहेको भन्दै अबको पिढिले बृद्धाश्रमको आश्रय लिनु पर्ने बाताबरण सृजना भइरहेको हुँदा सचेत रहने अवस्था आएको बताउनु भयो ।
कार्यक्रममा मधेशी आयोगकी सदस्य माननीय आभा कुमारी सिंहले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै नैतिक खबरदारी गरेको खण्डमा मात्र सरोकारवलालाई जवावदेही बन्न घचघच्याउने र प्रेरित गर्नुपर्ने भन्नुभयो। शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा समावेश गरी त्यसको प्रभावकारी कार्यान्वय गरी जीवनोपयोगी शिक्षाको रुपमा विकास गरिनुपर्ने बताउनुभयो । अख्तियारको प्रतिवेदन अनुसार प्रशासनिक आचरण तथा जनताप्रतिको उत्तरदायित्वको आधारमा मधेश प्रदेश भष्टाचारको अग्रनी स्थानमा रहेको भन्दै यसको न्यूनीकरणका लागि विद्यालयबाटै बालबालिकामा नैतिक आचरण निर्माण गर्ने सबैको पहल रहनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। विशेष गरी सिकान्तकृत, दलित तथा पिछडिएको समुदायमा नैतिक शिक्षा अपरिहार्य रहेको भन्दै यस तर्फ प्रदेश सरकार, स्थानीय सरकार एवं नागरिक समाजको समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । दुर्व्यसनी , जातीय विभेद , सामाजिक द्वन्द्व जस्ता विकृति विधमान रहेको कारण नैतिक शिक्षा नयाँ संस्कार रुपान्तरणको तत्व बन्ने र यसले सामाजिक मुल्यमान्यता स्थापित गर्नमा अहम भूमिका विर्वाह गर्नु पर्नेमा जाेड दिनु भयो ।

त्यसैगरी मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष सुरेश कुमार यादवले मानव विकासको क्रममा बालबालिकालाई परिवार ,समुदाय र राज्यप्रति जिम्मेबार र नैतिक नागरिक बनाउका लागी नैतिक शिक्षा अत्यावश्यक रहेको बताउनुभयो । यस विषयमा व्यापक छलफल , सबै समुदायको सहभागीता ,शिक्षक तालिम र प्रभावकारी अनुगमन हुनुपर्ने बताउनु भयाे ।
कार्यक्रममा प्रदेश सभा सदस्य ,प्रदेश निति आयोगका प्रतिनिधि , विभिन्न मन्त्रालयका सचिव , पत्रकार तथा नागरिक समाजमा अगुवाहरुको उपस्थिति रहेको थियो । 