INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र राष्ट्रिय युवा परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय युवा परिषद् बीच सहकार्य विस्तार गर्ने उद्देश्यले ०८३ वैशाख १३ समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त समझदारीपत्रमार्फत दुवै संस्थाबीच मानव अधिकार प्रवर्धन, युवाहरूको क्षमता विकास, सचेतना अभिवृद्धि तथा विभिन्न कार्यक्रमहरूको संयुक्त सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ ।

समझदारीपत्रमा मानव अधिकार संरक्षण र प्रवर्धनका क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने, अनुसन्धान, अभिलेखीकरण तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने, साथै युवामैत्री नीति तथा कार्यक्रम निर्माणमा सहकार्य गर्ने विषय समेटिएका छन्।

इन्सेकले लामो समयदेखि मानव अधिकार अनुगमन, अभिलेखीकरण र वकालत गर्दै आएको सन्दर्भमा राष्ट्रिय युवा परिषद्सँगको सहकार्यले युवाहरूलाई मानव अधिकारका विषयमा थप सक्रिय र सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, राष्ट्रिय युवा परिषद्ले पनि युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवद्र्धनमा इन्सेकसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

दुवै संस्थाबीच भएको यस समझदारीले मानव अधिकार र युवा सशक्तीकरणका क्षेत्रमा संयुक्त पहललाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

अनमोल पन्त

अन्य

भिडियो