४४ वर्षीया महिलालाई ०८२ चैत १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाँउपालिका—२ का श्रीकाजी दोङलाई चैत २० गते गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध पीडित महिलाले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते चौतारा अस्पतालमा गरिएको थियो ।