पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ।
बालिकालाई ०८३ वैशाख ११ गते बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकविरूद्ध पीडित पक्षले वैशाख १२ गते इलाका प्रहरी कार्यालय, विराटचोकमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सुन्दरहरैंचा नगरपालिका-९ बाट गिरफ्तार गरिएको इन्स्पेक्टर राजिव गिरीले बताउनु भयो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख १३ गते गरिएको छ।