१४ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका–६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले वैशाख ६ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित विरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपि होमप्रकाश चौधरीले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण बैशाख ६ गते पाल्पा अस्पतालमा गरिएको छ ।