अपाङ्गता हुनुभएकी ६९ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकका २९ वर्षीय विनोद सार्कीलाई ०८३ वैशाख २ गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, तेल्लोकमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर आशिष पोखरेलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २ गते तेल्लोक स्वास्थ्य चौकीमा गरिएको छ ।