नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको दलित मोर्चाका केन्द्रीय सचिव विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय जितेन्द्र महरा (महावीर)लाई मोरङ प्रहरीले फागुन १४ गते जिल्ला अदालत परिसरबाट पुनःगिरफ्तार गरेको छ ।
बम विष्फोटको घटनामा संलग्न भएको भन्दै प्रहरीले फागुन १२ गते घरैबाट गिरफ्तार गरी फागुन १४ गते महरालाई अदालतमा पेश गरेको थियो ।
विराटनगर मलायारोडमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय परिसरमा बम विष्फोट गराएको आरोपमा अदालत पेश गरिएका महरालाई जिल्ला अदालत मोरङले फागुन १४ गते साधारण तारेखमा रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।
जिल्ला पञ्हरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले मोरङको पथरी शनिश्चरे नपा–५ स्थित हरियाली सामुदायिक वनमा ०७४ चैत १२ गते सुतली बम विष्फोट गराएको आरोपमा महरालाई पुनः गिरफ्तार गरिएको बताए ।