१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उमनपा–१ का २८ वर्षीय महेश ढुङ्गेललाई गिरफ्तार गरिएको छ ।
पीडित युवतीलाई मङ्सिर २५ गतेदेखि पटकपटक घरमै र होटेलमा लगी बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन १२ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई फागुन १४ गते गिरफ्तार गरेको हो ।
पीडित युवतीलाई आरोपितले फेसबुकमार्फत प्रेम जालमा पारी शारीरिक सम्बन्ध राख्न भनेको र नमानेकाले बलात्कार गरेको भनी पीडितका आफन्तले उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १२ गते गरिएको थियो ।