अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको देवाही नगरपालिका–६ स्थायी घर भइ मानेभञ्ज्याङ गाउँपालिका–५ मा बस्दै आएका ५० वर्षीय चुनचुन साह कानुलाई चैत २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८२ चैत २४ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २४ गते गरिएको छ ।