INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

जनकपुरधाम उपमहानगरपालिका–९ की २७ वर्षीया इन्दिरा कुमारी शर्मालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ चैत २४ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडितलाई सहायता कक्ष मार्फत १० हजार रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।

पीडित शर्माले आफूमाथि लामो समयदेखि भइरहेको कुटपिट, गालीगलौज घटनाविरुद्ध  न्यायका लागि पहल गरिदिनुहुन भन्दै चैत २४ गते धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादवलाई निवेदन दिनुभएको थियो।

पति जीवछ ठाकुर वैदेशिक रोजगारीमा गएपछि ६५ वर्षीय ससुरा मदन ठाकुर, ६० वर्षीया सासु गौरी ठाकुर र ३२ वर्षीया नन्द संगीता ठाकुरबाट शारीरिक तथा मानसिक यातना भएको भन्दै २०७६ फागुन १९ गते पीडितले धनुषा जिल्ला अदालतमा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता गराउनुभएको थियो ।

पीडितका अनुसार ०८२ असार २७ गते ससुराबाटै बलात्कार प्रयास भएको घटना सम्बन्धमा  प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन । न्यायका लागि विभिन्न निकायमा धाइरहे पनि अपेक्षित सहयोग प्राप्त हुन नसकेको अवस्थामा इन्सेकले आर्थिक सहयोग गरेको अवस्थामा राहत महसुर गरेको पीडितको भनाइ छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो