INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ब्रहमपुरी गाउँपालिका–४ पिपराका ३७ वर्षीय नागेश्वर कुमार महतोलाई ०८२ चैत २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई फागुन ६ गते घरमा एक्लै रहेको अवस्थामा धम्की दिई कुटपिट गरी बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आरोपितविरुद्ध पीडित पक्षले चैत २२ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको छ । महिलाको स्वास्थ्य परीक्षण चैत २२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो