INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

मिथिला नगरपालिका–५ ढल्केबरकी २६ वर्षीया खुश्बु कुमारी चौधरीलाई कानुनी प्रक्रियामा जानका  लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय अन्तरगत रहेको सहायता कक्ष मार्फत  २०८२ चैत १९ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

पीडितका अनुसार १३ वर्षअघि सामाजिक परम्परा अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–७ का २६ वर्षीय विशाल कुमार चौधरीसँग विवाह भएको थियो। पतिले निरन्तर कुटपिट गर्ने, खान–लगाउन नदिने तथा मानसिक यातना दिने गरेको बताउनु भयो ।

०८१ फागुन १५ गते पति विशालले मिथिला नगरपालिका लालगढकी २१ वर्षीया इन्दु शाहसँग प्रेम विवाह गरी भागेको जानकारी पाएपछि सोही दिन पीडितले ईलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दिएकी थिइन् । तर हालसम्म उक्त घटनामा कुनै कारबाही प्रक्रिया अगाडि नबढाइएको भन्दै अदालतमा मुद्धा दायर गर्नका लागि इन्सेकसँग सहयोगको निम्ति इन्सेक प्रतिनिधि मार्फत निवेदन दिएकी थिइन्।

सन्तोष कुमार यादव

अन्य

भिडियो