४२ वर्यीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फागुन ११ गते साँफेबगर नगरपालिका–६ भागेश्वरका ३५ वर्षीय जगतबहादुर रावललाई गिरफ्तार गरेको छ ।
घरमा सुतिरहेको बेलामा ढोकाको चुक्कुल भाँचेर घरभित्र प्रवेश गरी बलात्कारको प्रयास गरेको भन्दै पीडितले फागुन ११ गते उजुरी दिएपछि आरोपीतलाई गिरफ्तार गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ११ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।