INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-८ का २८ वर्षीय प्रविण सुन्दासलाई ०८२ चैत १७ गते गिरफ्तार गरेको छ।

बालिकालाई चैत १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १७ गते इलाका प्रहरी कार्यालय, विर्तामोडमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल भद्रपुरमा चैत १७ गते गरिएको छ।

नरेश खाती 

अन्य

भिडियो