INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–७ का १९ वर्षीय निशान कार्कीलाई चैत १५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८२ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १५ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १५ गते गरिएको छ ।

भविन कार्की

अन्य

भिडियो