INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बटेश्वर गाउँपालिका–५ का ५० वर्षीय उपेन्द्र सिंह दनुवारलाई ०८२ चैत १४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गिरफ्तार गरेको छ।

आरोपितले बालिकालाई चैत १२ गते बिहान घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो