४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-८ का ५८ वर्षीय रामबहादुर गिरीलाई फागुन १० गते गिरप्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी गरेकाले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर लोकेन्द्रसिंह गुरुङले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १० गते नै जिल्ला स्वास्थ्य कार्यलयमा गरिएको गुरूङले जानकारी दिए ।