२८ वर्षीया पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण न्यायिक प्रक्रियामा जानका लागि सहयोग पुग्ने उद्देश्यले इन्सेक मधेश प्रदेश कार्यालयद्वारा ०८२ चैत १० गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । फतुवा विजयपुर– ६ का ३० वर्षीय पतिले ०८२ असोज ४ गते पत्नीलाई मादक पदार्थ सेवन गरेर कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै पीडितले असोज ५ गते रौतहट जिल्ला अदालतमा मुद्धा दर्ता गराएकी थिइन् । हाल मुद्धा प्रक्रिया रहेको पीडितको भनाइ छ । आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले बताउनुभयो।
सिरहामा जिल्ला स्तरीय बाल भेला समपन्न, १९ सदस्यीय जिल्ला बाल सञ्जाल गठन
सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न