INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८२ चैत ८ गते ५२ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएकी छन् ।

आरोपितले बुहारीलाई पटक–पटक शारीरिक यातना दिँदै फागुन २८ गते पनि बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भयो ।

घटना पश्चात आरोपित ससुरा फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो