१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय सन्तोष विश्वकर्माविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
बालिकालाई ०८२ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको इन्स्पेक्टर राजवंशीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ४ गते गरिएको छ ।