१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका– २ नन्दनगरका २२ वर्षीय रविन बि.क.लाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई पुस २८ गते बलात्कार गरेको भनी पीडित पक्षले चैत २ गते इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो ।