INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ डङ्सुरका ४५ वर्षीय दिलिप रोकायलाई ०८२ फागुन २९ गते गिरफ्तार गरेको छ । 

आरोपितले बालिकालाई फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २४ गते दैलेख अस्पतालमा गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमर सुनार

अन्य

भिडियो