११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–९ हनुमान बजारका ६८ वर्षीय गणेशी मल्ल शारदाविरुद्ध पीडित पक्षले ०८२ फागुन २७ गते इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएका छन् । आरोपितले फागुन २६ गते साँझ ६ बजे बालिकालाई आफ्नै धान मिलमा बोलाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताएकाे छ । इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी वरिष्ठ नायव निरीक्षक मुकुन्द बिष्टको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ । आरोपित फरार रहेको हुँदा खोजतलास भइरहेको बिष्टले जानकारी दिनु भयो ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी