INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

चार जना महिलालाई काँकडभिट्टा नाका हुँदै भारतर्फ बेचविखनका लागि लगेको आरोपमा प्रहरीले भारत आसामको गुहावटी बस्दै आएकी ५९ वर्षीया लीलादेवी भनिने रामपियारी पन्थीलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

भारत हुँदै हङकङ लैजान भारतीय कागजातहरु बनाइदिने प्रलोभनमा पारी चार जना महिलालाई मेचीनगर नगरपालिका ६ मेची भन्सार गेट अगाडिबाट भारत लैजान लागेको आरोपमा प्रहरीले पन्थीलाई गिरफ्तार गरेको छ ।

प्रहरीले सोधपुछका क्रममा पीडितहरुले भारतीय कागजात बनाएर हङकङ लैजानेका लागि भारततर्फ लगेको बताएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

उद्दार गरिएका महिलाहरुलाई आफन्त नेपालको सेफ हाउसमा र आरोपितलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

 

नरेश खाती  

अन्य

भिडियो