INSEC Online

📅 २०८३ जेष्ठ २१

सन् २०१८ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ मा सो तथ्याङ्क समेटिएको हो ।

इन्सेकले गरेको अभिलेखअनुसार सन् २०१८ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भए ।

‘यो तथ्याङ्क सन् २०१७ को भन्दा ९ सय ४९ ले कम रहेको छ । सन् २०१८ मा मानव अधिकार उल्लङ्घनका घटनामा ३६ महिला र २ सय ८६ पुरुष गरी ३ सय २२ जना तथा ज्यादतीका घटनामा ४ हजार २ सय ६६ महिला र ५ सय २२ जना पुरुष गरी ४ हजार ७ सय ८८ जना पीडित भए । यस वर्ष महिला तथा बालिका बलात्कार र यौन दुव्र्यवहारका घटना गत वर्षभन्दा बढी अभिलेख छ ।’–वर्ष पुस्तकमा उल्लेख छ ।

photo20190219kathmandu

त्यसैगरी वर्ष पुस्तकमा भनेजति दाइजो नल्याएको आरोपमा धनुषामा दुई जना र बारामा एक जना महिला परिवारजनबाट मारिए भने दाइजोका कारण २२ जना महिलामाथि घरेलु हिंसाका घटना भएका उल्लेख गरिएको छ ।

‘यस वर्ष परिवारजनबाट १ सय २० जना महिलाको हत्या भयो । बलात्कारका घटनामा ४ सय ७५ जना महिला पीडित भए । त्यसैगरी, बलात्कार प्रयासका घटनामा १ सय ५५ र यौन दुव्र्यवहारका घटनामा ७९ जना महिला पीडित भए ।’–इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले भने ।

उनले भने–‘सन् २०१८ मा ८ सय १८ जना बालिका बलात्कारका घटनामा, १९ जना बालक र २ सय २६ जना बालिका यौन दुव्र्यवहारका घटनामा पीडित भए । विद्यालयमा दिइने शारीरिक सजायका घटनामा ४२, बालबालिका बेचबिखनका घटनामा ७२ जना पीडित भएको अभिलेख भयो ।’–गौतमले भने ।

photo20190219lalitpur

photo20190219lalitpur2

अन्य

भिडियो