नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।
नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते भागेका दमक नगरपालिका–७ का २४ वर्षीय पुष्कर मगरलाई प्रहरीले ०८२ फागुन ९ गते गिरफ्तार गरेको हो ।
लागू औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा मगर भदौ २४ गते भागेका थिए ।