स्वर्गद्वारी नगरपालिका–४ घर भई सोही नगरालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपा निकट युवा जन स्वयम्सेवकका जिल्ला अध्यक्ष माण्डवी गाउँपालिका–१ का ३२ वर्षीय बामबहादुर बुढालाई फागुन २ गते गिरफ्तार गरेको छ ।
पीडित रोकायलाई आरोपितले गत पुस २४ गते कार्यालयको योजना शाखामा छलफल गरिरहेको बेला गाडीको मोबिल दल्ने प्रयास गर्नुको साथै दुर्व्यवहार गरेका थिए । घटना भएकै दिन नगरपालिकाले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गरेको थियो ।
उक्त घटनामा बुढालगायत अन्यको पनि संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।