सरकारी कागजातहरु सामाजिक सञ्जालमा राखेर दुरुपयोग गरेको भन्दै प्रहरीले वाणगंगा नगरपालिका–८ का ३९ वर्षीय ऋषिराम भट्टराईलाई माघ २८ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले माघ २६ गते सरकारी कागजातहरु सामाजिक सञ्जालमा अपलोड गरी दुरुपयोग गरेको भन्दै प्रहरीले माघ २८ गते विद्युतीय अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनु भयो ।