INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १३ वर्षको कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका–२४ का ४२ वर्षीय विष्णु सापकोटालाई १३ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले फागुन १ गते उक्त फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए । उक्त फैसलाका साथै पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत भएको उनले बताए ।

पीडित बालिकालाई गत भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई भदौ २४ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

त्यसैगरी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले राप्ती नगरपालिका–४ भवानीपुरका २० वर्षीय अनिल राईलाई सात वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले फागुन १ गते उक्त फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।
पीडित बालिकालाई आरोपितले गत मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई  १७ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो