१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोशी गाँउपालिका–७ का २२ वर्षीय वीरेन्द्र मेहतालाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई धाकधम्की दिएर गत भदौमा पटकपटक बलात्कार गरेको र भदौ ११ गते अन्तिम पटक बलात्कार गरी बालिकालाई गर्भवती बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरीपछि फरार भएका आरोपितलाई माघ २९ गते गिरफ्तार गरिएको सुनसरीका एसपी राजन अधिकारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २३ गते गरिएको र स्वास्थ्य परीक्षणबाट बालिका ६ महिनाको गर्भवती रहेको पुष्टी भएको एसपी अधिकारीले बताए ।
आरोपितविरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।