फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ। महादेवा गाउँपालिका–५ स्थित भगवतपुर टोलमा रहेको हुलाक कार्यालयको बोर्ड संगै जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त राउतको चुनाव चिन्ह ‘होरन’ छाप अंकित र उम्मेदवारको फोटोसहित प्रचार सामग्री र ब्यानर माघ २३ गते टाँसेको पाइएको छ ।त्यसैगरी माघ २८ गते वडा नम्बर १ स्थित श्री सोनरा राष्ट्रिय आधारभूत विद्यालयको पर्खाल र पोलमा आचारसंहिता विपरीत सोही पार्टीले प्रचार सामग्री टाँसिएको भेटिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुसार सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा सरकारी संरचनामा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचार सामग्री राख्न नपाइने व्यवस्था रहेको छ ।
