१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–५ खेरूवाका ४१ वर्षीय राजन कार्कीलाई माघ २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ माघ २६ गते इलाका प्रहरी कार्यालय लेटाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । पीडितको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा माघ २६ गते गरिएको छ ।