सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका–१ का ४१ वर्षीय रत्न दर्जीलाई गिरफ्तार गरेको छ ।
बालिकालाई पटक पटक र अन्तिम पटक ०८२ माघ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २८ गते गरिएको छ ।