१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–२ का ३२ वर्षीय मोहम्मद सबिरलाई अदालतले माघ २८ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश उमेश कोइरालाको इजलाशले आरोपितलाई ६ वर्ष कैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।
चकलेट किनदिने प्रलोभन देखाएर गत असार १ गते साँझ पीडितलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले असार १ गते आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असार १ गते गरिएको थियो ।
जिल्ला अदालतको आदेशले आरोपित ०७५ असार २८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।