INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्युतीय अपराध घटनाका आरोपित विरुद्ध उजुरी

२८ वर्षीय महिलालाई सामाजिक सञ्जाल मार्फत विभिन्न घृणा फैलाई चरित्र हत्या गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका– २ भैसाकुण्डका ३६ वर्षीय पिन्टु चमारविरुद्ध माघ १६ गते उजुरी दर्ता गरेको छ ।

आरोपितले पीडितलाई माघ ९ गतेदेखि निरत्तर सामाजिक सञ्जालमा अश्लीन शब्द प्रयोग, फोटो बनाई चरित्र हत्या गरेको भन्दै पीडित पक्षले माघ १६ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाइएको र आरोपित वैदेशिक रोजगारमा साउदी रहेकोले घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।

रीमा बि.सी.

अन्य

भिडियो