INSEC Online

📅 २०८३ जेष्ठ २१

लमजुङमा ३० मतदानस्थलहरू अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लामा १ सय ३० मतदानस्थलमध्ये ३० ओटा अति संवेदनशील, ७७ ओटा संवेदनशील र २३ मतदानस्थल सामान्य रहेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताउनुभयो । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको गौतमले बताउनुभयो

मतदान केन्द्र र मतदानस्थलहरूको सुरक्षाका निम्ति तीन घेरामा सुरक्षा निकाय परिचालन हुनेमा पहिलो घेरामा निर्वाचन सुरक्षा प्रहरी, गुप्तचर, नेपाल प्रहरी र त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने तथा सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुने जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

सुमित्रा भुजेल

अन्य

भिडियो