INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्खुवासभामा मतदानस्थल थप

एक ओटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा एक ओटा मतदानस्थल थप गरिएको छ ।

आगामी ०८१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन भोटखोला गाउँपालिका–४ स्थित बरुण आधारभूत विद्यालय सिप्रुङमा एक मतदानस्थल थप गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएका सिफारिसमध्ये बरुण आधारभूत विद्यालयमा एक मतदानस्थल थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले बताउनु भयो ।

भौगोलिक विकटता, मतदाता सङ्ख्या र चार–पाँच घण्टासम्म हिंडेर मतदान गर्न जानु पर्ने बाध्यता भएका कारण समितिले चार ओटा मतदानस्थल थप गर्न सिफारिस गरेको थियो ।

नयाँ मतदानस्थल थपिएसँगै जिल्लामा १ सय नौ ओटा मतदान स्थल भएको छ ।

यसैगरी मकालु गाउँपालिका–६ को दिपज्योती आधारभूत विद्यालय याफु डाँडाबाट सारेर वडा कार्यालयमा स्थानान्तरण गरिएको निर्वाचन कार्यालयका प्रमुख राईले बताउनु भयो ।

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ५८ जना महिला र १ सय ९२ जना पुरूषले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका १० स्थानीय तहमा ५७ हजार ४ सय ५८ जना महिला र ६२ हजार १ सय ७२ पुरुषसहित १ लाख १९ हजार ६ सय ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भविन कार्की

अन्य

भिडियो