INSEC Online

📅 २०८३ जेष्ठ २१

नवलपरासी (पश्चिम)मा २ मतदान स्थल र ११ मतदान केन्द्र थपिए

नवलपरासी (पश्चिम)मा १३ हजार २ सय २७ मतदाता थपिएसँगै २ मतदान स्थल र १० मतदान केन्द्र थपिएका छन् ।

यसअघि २०७९ सालको आवधिक निर्वाचनमा १ सय २० मतदान स्थल र २ सय ८६ मतदान केन्द्र रहेकोमा वर्तमान सरकारले घोषणा गरेको ०८२ फागुन २१ गतेको संघीय निर्वाचनका लागि १ सय २२ मतदान स्थल र २ सय ९७ मतदान केन्द्र भएका छन् ।

मतदान स्थल र मतदान केन्द्र थपिएसँगै निर्वाचन प्रहरीको संख्या पनि बढाउनु परेको र विगतका निर्वाचनको भन्दा ४ सय ८ जना थप गर्ने तयारीका साथ अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विरदत्त पन्तले बताउनु भयो । साथै उहाँले जिल्लामा अति संवेदनशील १२ र संवेदनशील ५७ सामान्य मतदान केन्द्र रहेको पनि जानकारी दिनुभयो ।
यसैगरी, २ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ नं क्षेत्रको सदरमुकाम स्थित कृषि ज्ञान केन्द्रको कार्यालयमा स्थापना भएको छ । क्षेत्र नं १ मा महिला आयोगकी विन्दु न्यौपाने र क्षेत्र नं २ मा माननीय न्यायाधीश डा. रामकुमार आर्चायलाई प्रमुख तोकीे जिल्ला निर्वाचन कार्यालय स्थापना भएको छ ।

नारायण पराजुली

अन्य

भिडियो