INSEC Online

📅 २०८३ जेष्ठ २२

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–१ नाउलेकटुवालका २१ वर्षीय दिपक नेपालीलाई प्रहरीले माघ ८ गते गिरफ्तार गरेको छ ।

दाउरा लिन गएकी बालिकालाई माघ ८ गते दिउँसो बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ८ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लक्ष्मण पचभैयाले इन्सेकलाई जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ८ गते नै दैलेख अस्पतालमा भयो । घटनाको सम्न्धबमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमर सुनार 

अन्य

भिडियो