निर्वाचन आयोगले दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदिश खरेलसँग ०८२ माघ ८ गते स्पष्टीकरण माग गरेको छ । निर्वाचन आयोगले खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै सो सम्बन्धमा तीन दिन भित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण माग गरिएको कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षरमा गर्नुभएको स्पष्टीकरण पत्रमा उल्लेख छ । उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) को उल्लङ्घन गरेको देखिने श्रव्यदृश्य सामग्री सहित उजुरी प्राप्त भएको हुँदा तोकिएको समय भित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ ।
