फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रतिस्पर्धाका लागी मधेश प्रदेशका आठ ओटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमा ०८२ माघ ६ गते उम्मेदवारीका लगी मनोजयन दर्ता सम्पन्न भएको छ ।
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार प्रतिनिधि सभा निर्वाचनको लागि सर्लाही जिल्लाबाट १ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ जना र स्वतन्त्रका ७२ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन ।जिल्लाका निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उमेदवारी दर्ता गराएको नितिमा भण्डारी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमोद साह, जसपा नेपाल बाट राम प्रकाश चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट विकास ठाकुर लगायतले मनोनयन दर्ता गराएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत टिका बहादुर थापाले जानकारी दिनु भयो । क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उमेदवारी दर्ता गराएको रविन महतो, राष्ट्रिय मुक्ति पार्टी बाट राजेन्द्र महतो, नेपाल कम्युनिष्ट पार्टी बाट महेन्द्र राय यादव र नेपाली कांग्रेसबाट डा. सरोज कुमार यादव, जसपा नेपाल बाट भरत चौधरी, नेपालका लागी नेपाली पार्टीबाट कृष्णा यादवलगायतले उम्मेदवारी दर्ता गराएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत मा. पुष्पराज थपलियाले जानकारी दिनु भयो । क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट नरेन्द्र साह कलवार, नेपाल कम्युनिष्ट पार्टीबाट नारायण काजी श्रेष्ठ, नेपाली कांग्रेसबाट विनोद कुमार ढकाल, नेकपा एमाले बाट हरिप्रसाद उप्रेती लगायतले उम्मेदवारी मनोनयन दर्ता गराएको क्षेत्र नं. ३ का निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनु भयो ।क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट अमरेश कुमार सिंह, नेकपा एमालेबाट अमनिष कुमार यादव, नेपाली कांग्रेसबाट गगन कुमार थापा, जसपा नेपाल बाट रामेश्वर राय यादव, राष्ट्रिय मुक्ती पार्टी बाट उदय कान्त मिश्र, उज्यालो नेपाल पार्टी बाट पिताम्बर सिह कुशवाहा, आम जनता पार्टी बाट रिंकी कुमारी साहलगायतले उम्मेदवारी मनोनयन दर्ता गराएको क्षेत्र नं. ४ का निर्वाचन अधिकृत विनोद प्रसाद घिमिरेले जानकारी दिनु भयो ।फागुन २१ गतेको निर्वाचनका लागि सर्लाहीमा ३ सय १२ मतदान स्थल अन्तर्गत ६ सय २८ मतदान केन्द्र तोकिएको र जिल्लामा ५ लाख ११ हजार ६ सय ६ जना अन्तिम मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिनु भयो ।
इन्सेक सप्तरी प्रतिनिधि नविन यादवका अनुसार निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरबाट कुल १०५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये ८५ जना पुरुष र २० जना महिला उम्मेदवार रहेका छन्। क्षेत्र नं. १ बाट २२ जना उम्मेदवार दर्ता भएका छन्। यस क्षेत्रमा १७ जना पुरुष र ५ जना महिला उम्मेदवार छन्। नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वाभिमान पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका दलबाट उम्मेदवारी परेको छ भने ७ जना स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन्।क्षेत्र नं. २ मा सबैभन्दा धेरै ३४ जना उम्मेदवार रहेका छन्। यस क्षेत्रमा २८ जना पुरुष र ६ जना महिला उम्मेदवार छन्। नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, स्वाभिमान पार्टी, राष्ट्र निर्माण दल नेपाललगायतका दलसँगै १४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्। क्षेत्र नं. ३ मा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा १८ जना पुरुष र ४ जना महिला उम्मेदवार रहेका छन्। यस क्षेत्रमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, आम जनता पार्टी तथा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।क्षेत्र नं. ४ बाट २७ जना उम्मेदवार दर्ता भएका छन्। यस क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला उम्मेदवार छन्।नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका दलका उम्मेदवारसँगै १३ जना स्वतन्त्र उम्मेदवार छन्।
इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीका अनुसार कुल १०५ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उमेद्वारी मनोनयन गराएका छन् । पर्साका कुल ४ निर्वाचन क्षेत्रमा नयाँ पुराना सबै उमेर समूहका उमेद्वारी मनोनयन गराएका हुन् ।पर्साको क्षेत्र नम्बर १, २ र ४ मा पहिले निर्वाचित भई मन्त्री समेत बनेका क्रमशः प्रदिप यादव, अजय चौरसिया र रमेश रिजाल २०७९ को निर्वाचनमा निर्वाचित पुराना अनुहार हुन् । पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका नेता राजकुमार गुप्ता भने भ्रष्टाचारको मुद्दामा पुर्पक्षसम्म पुग्दा एमालेले त्यस ठाउँमा भने एमालेमा नदेखिएका रुपेश पाण्डेलाई सोमबार मात्र पार्टी प्रवेश गराई अघि सारेको छ । पुराना मध्ये जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित निवर्तमान खानेपानी मन्त्री समेत रहेका प्रदिप यादव पनि यो पटक जसपाबाट नभई सोमबार (हिजो) मात्र एमालेमा प्रवेश गरी एमाले पार्टीकै तर्फबाट पर्साको क्षेत्र नम्बर १ का उमेद्वार बनेका छन् ।पर्साको क्षेत्र नम्बर १ मा प्रदिप यादव, सहित नेपाली कांग्रेसका अनिल रुंँगटा राप्रपाबाट बरिष्ठ बलाकार नन्दु श्रीवास्तव, जसपा नेपालका राम नरेश प्रसाद यादव, रास्वपाका बुद्धि प्रसाद (हरि) पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफ, नेपाली कम्यूनिष्ट पार्टीका अजय चौरसिया (सीए), उज्यालो पार्टीका रामकिशोर सिंह पराग, लगायत आधा दर्जन स्वतन्त्रले पनि उमेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । पर्साको क्षेत्र नम्बर १ मा कुल ३० जनाले उमेद्वारी मनोनयन गराएको पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताउनु भयो । क्षेत्र नं. २ मा ३२ जनाले मनोनयन दर्ता गराए । नेपाली कांग्रेसले अजय चौरसिया ,जेनजी उमेद्वार रिमा कुमारी यादव,नेपाली कम्युनिष्ट पार्टीका मनोज चौधरी, राप्रपाबाट विना जयसवाल ,रास्वपाबाट सुशिल कुमार कानु, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट अभिताव बच्चन दास तत्मा, नेपाल जनता पार्टीका सन्तोष कुमार पटेल, जसपा नेपालबाट उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका अशोक अग्रवालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मधुसुदन आयार्यले बताउनु भयो ।क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका रुपेश पाण्डे, रास्वपाका रामाकान्त चौरसिया, नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल यादव, जनमत पार्टीका मालती कुमारी, उज्यालो पार्टीका रामरुप प्रसाद साह र स्वतन्त्र सहित १९ जनाले उमेद्वारी मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले बताउनु भयो ।क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका रमेश रिजाल (पूर्वउद्योग मन्त्री) , एमालेका जालिम मिया, संविधान सभा सदस्य तथा नेपाली कम्यूनिष्ट पार्टीका जयप्रकाश थारु सहित नयाँ रास्वपाका टेकबहादुर शाक्य, राप्रपाका शान्त कुमार जोशी, श्रम संस्कृति पार्टीका विष्णु लोप्चन, जनमत पार्टीका सिमा देवी कलवार, आजपाका इमदाद गद्दी, जसपा नेपालका कृपासिन्धु प्रसाद चौधरी सहित कुल २४ जनाले मनोनयन दर्ता गराएको पर्साको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत नुतन झाले बताइन् । ११ जना स्वतन्त्र पनि रहेको उनको भनाइ छ ।
महोत्तरीबाट ममता विश्वकर्माका अनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै उजुरी दर्ता भएको छैन। क्षेत्र नं १ बाट नेपाल कम्युनिष्ट पार्टी लक्ष्मी महतो कोइरी, नेपाली काँग्रेसका मुकेश राज काफ्ले,राष्ट्रिय प्रजातन्त्र पार्टीका होम प्रसाद पोखरेल,नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का मणिराज निरौला,नेपाल मजदुर किसान पार्टीका कृष्ण श्वरी मानन्धर (दुवाल),मंगोल नेशनल अर्गनाइजेसनका रमेश कुमार सिंह दनुवार,जनमत पार्टीका विरेन्द्र महतो, जनता समाजवादी पार्टी, नेपालका योग नारायण महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद कुमार महतो , आम जनता पार्टीका मुकेश साह,नेपाली कम्युनिष्ट पार्टीका गिरिराज मणी पोखरेल,श्रम संस्कृति पार्टीका लिला दियाली उज्यालो नेपाल पार्टीका मनोज कुमार गुप्ता,स्वतन्त्र सचिन महतो तथा स्वतन्त्रबाट सुरेन्द्र महता, सविता कुमारी देवी,परमेश्वर पासवान दुसाध,शिव नारायण महतो,सुनैना देवी कोइरी,जीवन कुमार मगर,निरु कुमारी,सुनिल कुमार सिंह,सोमिन्द्र सार्की,टेक प्रसाद पोखरेल,प्रेम बहादुर राना मगर, बौवे लाल महतो र प्रमोद कुमार शाहले उम्मेदवारी दिए। त्यसैगरी क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टीका कासिम नदाफ,नेपाली काँग्रेसका किरण यादव, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का इदरिस मोमिन,नेपाल मजदुर किसान पार्टी राजी मण्डल,मंगोल नेशनल अर्गनाइजेसनका कमल गुरुङ ,जनमत पार्टीका जय कुमार पाण्डेय , जनता समाजवादी पार्टी, नेपालका शरत सिंह भण्डारी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामलखन साह कानु, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक कुमार साह,नेपाली कम्युनिष्ट पार्टी लक्ष्मण कुमार यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका राज नारायण झा, श्रम संस्कृति पार्टीका आलम कवारि, उज्यालो नेपाल पार्टीका राकेश मण्डल,राष्ट्र निर्माण दल नेपालका तुफान नट,जनादेश पार्टी नेपालका रमण कुमार कर्ण तथा स्वतन्त्र तर्फ धनन्जय कुमार हाथी ,महेश कुमार यादव,महंथ सदा,इन्द्रेश सहनी मलाह,दिलिप कुमार यादव,बसन्त कुमार यादव,अधनु पासमान,सकिन्दर महरा, जिवेन्द्र यादव,विकेआजाद दास,रेशमा देवी,राजेश प्रसाद साह, श्री राम सिंह दनुवार,बिनिता कुमारी चौधरी ,ललिता कुमार मुसहर,दुलरी देवी थारु,सत्य नारायन साह,जय किशोर साह,सतिश साह तेली, प्रविण कुमार यादव,राज गुरु यादव, र भरत यादवले उम्मेदवारी दिएका छन् ।क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टीका मनोज कुमार सिंह,नेपाली काँग्रेसका बजरंग नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश्वर रा्य,नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का धिरेन्द्र कुमार शर्मा, नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवान , नेपाल जनता पार्टीका विनय कुमार मिश्र जनमत पार्टीका अरविन्द ठाकुर , जनता समाजवादी पार्टी नेपालका मिनाक्षी ठाकुर ,नेपालका लागि नेपाली पार्टीबाट रजनिश राज पण्डेय ,राष्ट्रिय स्वतन्त्र पार्टी उज्ज्वल कुमार झा ,आम जनता पार्टी(एकल चुनाव चिन्ह)का कैलाश महत्तो नेपाली कम्युनिष्ट पार्टी राजकिशोर साह ,मेहत्तरी सुडी श्रम संस्कृति पार्टीका मो.साविर नूरि ,उज्यालो नेपाल पार्टीका रंजित कुमार साह, राष्ट्र निर्माण दल नेपालका मुस्ताक अहमद अंसारी, स्वतन्त्र तर्फ रंजन कुमार झा , राम आधार कापर ,मुकेश राय रंजय कुमार मिश्र ,बेचन मण्डल , ववि कुमारी, राज नन्दन राय यादव ,रामचन्द्र पासमान, राकेश कुमार साह, शम्भु कापर ,नईम राईन ,सतिश कुमार शर्मा, बेचन प्रसाद मेहतरी, पंकज कुमार पाण्डेय,हरि नारायण यादव, मोहन चौधरी,राज किशोर यादव, पवन कुमार यादव ,रमण कुमार ठाकुर ,सुरेश कुमार साह, नागेन्द्र ठाकुर, अजय कुमार महतो ,घनश्याम झा ,श्याम किशोर सिंह, राधे श्याम तिवारी ,मोहम्मद फिरोज असारी, बिजय कुमार मंडलले उमेदवारी दिए । त्यसै गरी क्षेत्र नं ४ बाट नेपाल कम्युनिष्ट पार्टीका निलम अधिकारी ,नेपाली काँग्रेसका महेन्द्र कुमार राय,,राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल कुमार सिंह,राष्ट्रिय जनता पार्टी नेपालका कमलेश कुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का रासबिहारी मण्डल,मंगोल नेशनल अर्गनाइजेसनका सुमित्रा कुमारी ,जनमत पार्टीका मनोज कुमार साह,जनता समाजवादी पार्टी, नेपालका सुरेन्द्र कुमार यादव , राष्ट्रिय स्वतन्त्र पार्टीका गौरी कुमारी , आम जनता पार्टीका सिलम देवी यादव ,नेपाली कम्युनिष्ट पार्टीका भरत प्रसाद शाह ,उज्यालो नेपाल पार्टीका अमित कुमार सिंह,जनता लोकतान्त्रिक पार्टीका नेपाल शिव शंकर कुमार शर्मा तथा स्वतन्त्र तर्फबाट राज नारायण , राजन पासवान,संजय यादव,सुकेश कुमार यादव, राम विनोद यादव, अजयकुमार यादव,विजय कुमार साह,राजेन्द्र मण्डल खत्बे,सिंहेश्वर खत्बे,रमिना खातुन,रिजबाना खातुन,इन्द्र जीत दास,मनोज कुमार यादव,बिकाउ साह,महिन्दर पासमान,शान्ति देवी,हरिश्चन्द्र ठाकुर,संजय कुमार चौधरी, दिपेन्द्र कुमार यादव,गंगा प्रसाद यादब,विनोद कुमार मंडल,हरदेब महरा चमार,गणेश ठाकुर लोहार र सत्यनारायण महराले मनोनयन दर्ता गराए । चारै निर्वाचन क्षेत्रमा १९ महिला सहित १४३ जनाले मनोनयन दर्ता गरेका थिए। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध दाबी–विरोध वा उजुरी दर्ता गर्ने समय बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म तोकेको थियो।मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले भने, “निर्दिष्ट समयभित्र कार्यालयमा कर्मचारी उपस्थित भए पनि कुनै उजुरी परेको छैन। दाबी–विरोध नपरेकोले बाँकी प्रक्रिया तालिकाअनुसार अघि बढ्नेछ।”
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार फागुन २१ गते हुने निर्वाचनको लागि राजनिति दल र स्वतन्त्रगरी १ सय ३९ जनाले मनोनयन दर्ता गराएका हुन । जसमा राजनिति दलबाट ३ महिला र स्वतन्त्रबाट ५ जना महिलाले उम्मेदबारी दर्ता गराएका छन । राजनिति दलबाट ५५ जना र स्वतन्त्रबाट ८४ जनाले उम्मेदबारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तबले बताउनु भयो । निर्वाचन क्षेत्र नं. १ मा १४ जना राजनिति दलबाट र १८ जना स्वतन्त्र गरी ३२ जना मा २ जना महिलाले उम्मेदबारी दर्ता गराएका छन जसमा नेपाली काग्रेंसबाट रामसुन्दर चौधरी, एमालेबाट रामशंकर यादव, राष्टिय स्वतन्त्रबाट बब्लु गुप्ता, नेपाली कमन्यूष्ट पाटीबाट रामचन्द्र यादव, जनता समाजबादी पाटीबाट सत्यनारायण यादव लगायतले उम्मेदबारी दर्ता गराएका छन ।निर्वाचन क्षेत्र नं. २ बाट काग्रेंसका रामचन्द्र यादव, एमालेबाट नविन यादव, राष्टिय स्वतन्त्र पाटीबाट शिवशंकर यादव लगायत गरी दलबाट १४ र स्वतन्त्रबाट १५ गरी २९ जनाले उम्मेदबारी दर्ता गराएका छन ।त्यसैगरी क्षेत्र नं. ३ बाट दलबाट १२ र २९ जना स्वतन्त्रगरी ४१ जनाले मनोनयन दर्ता गराएका छन जसमा काग्रेंसबाट डा. शुभाषचन्द्र यादव एमालेबाट लिलानाथ श्रेष्ठ, नेपाली कमयूनिष्ट पाटीबाट विश्वनाथ साह लगायतकाले उम्मेदबारी दर्ता गराएका हुन ।
सिरहा निर्वाचन क्षेत्र ४ मा दलबाट १५ जना र स्वतन्त्र २२ जना गरी ३७ जनाले उम्मेदबारी दर्ता गराएका छन । जसमा काग्रेसबाट चन्द्रकलाकुमारी यादव, एमालेबाट धर्मनाथप्रसाद साह, नेपाली कम्यूनिष्ट पाटीका अजयशंकर नायक, जसपाका राजकिशोर यादव लगायतका उम्मेदबारहरुले मनोनयन दर्ता गराएका हुन ।
बारामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराका चारै निर्वाचन क्षेत्रमा ११२ ले मनोनयन दर्ता गराए । उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दियो ।माघ ५ गते सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा २० जनाले नेपाल कम्युनिष्ट पार्टीका अच्युत प्रसाद मैनाली, नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकी,राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद साह कलवार,मंगोल नेशनल अर्गनाइजेसनका सुक दोर्जे गोले जनमत पार्टीका कमरुल्लाह अंसारी,जनता समाजवादी पार्टी, नेपालका रामवावु प्रसाद यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल,आम जनता पार्टीका बिजय यादव, नेपाली कम्युनिष्ट पार्टीका सन्तोष दंगाल,प्रगतिशील लोकतान्त्रिक पार्टीका हमिद मंसुरी,श्रम संस्कृति पार्टीका भुलावन कुमार पासवान,उज्यालो नेपाल पार्टीका अनवर अंसारी,नागरिक उन्मुक्ति पार्टी, नेपालका भूवन प्रसाद चौधरी,स्वतन्त्र तर्फ जयकिशोर पाण्डेय ,सीमा कुमारी तिमिल्सेना ,प्रेम कुमारी थापा खडका ,बिदुर खरेल, रोशन कुमार उप्रेती,रबिना देवी चौधरी र लक्ष्मी नारायण प्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टीका बलबिर प्रसाद चौधरी, नेपाली काँग्रेसका भैयाराम प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु प्रसाद साह तेली,नेपाल मजदुर किसान पार्टीका चन्दन कुमार यादव,मंगोल नेशनल अर्गनाइजेसनका राधा देवी महरा,नेपाल जनता पार्टीका प्रदेशी साह,जनमत पार्टीका राजेश साह,जनता समाजवादी पार्टीका नेपाल रामकिशोर प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन कुमार सिंह, आम जनता पार्टीका आत्माराम प्रसाद साह, नेपाली कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव,प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा,उज्यालो नेपाल पार्टीका मेघराज पासवान,राष्ट्रिय मुक्ति पार्टी नेपालका अमरदेव प्रसाद यादव,जन अधिकार पार्टीका अमरेश कुमार पाण्डे,जनता लोकतान्त्रिक पार्टी नेपालका श्यामबाबु प्रसाद चौधरी,स्वतन्त्र प्रयाग प्रसाद चौधरी तथा स्वतन्त्र तर्फ राजबली प्रसाद,सुधिर कुमार साह,जालन्दर महतो, नगिना देबी,अनिता कुमारी,मुरली मनोहर प्रसाद साह,मुकेश प्रसाद कुशवाहा, दिनेशप्रसाद यादव,छोटेलाल साह,जालमहमद अंसारी,सुरेन्द्र प्रसाद यादव र ईन्जाद अंसारीले उम्मेदवारी दर्ता गराए । क्षेत्र नं. ३ मा नेपाल कम्युनिष्ट पार्टीकी ज्वाला कुमारी साह,नेपाली काँग्रेसका फरमुल्लाह मंसुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद जैसवार,राष्ट्रिय जनमोर्चा वालाकृष्ण शर्मा,नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउत,मंगोल नेशनल अर्गनाइजेसनका सम्झना गोले,नेपाल जनता पार्टीका प्रहलाद प्रसाद साह कलवार,जनमत पार्टी प्रमोद प्रसाद गुप्ता,जनता समाजवादी पार्टी, नेपालका रामवावु कुमार यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका अरबिन्द साह, आम जनता पार्टीका लक्ष्मण लामा, नेपाली कम्युनिष्ट पार्टीका भरत प्रसाद साह,प्रगतिशील लोकतान्त्रिक पार्टीका दिनेश प्रसाद सिह,श्रम संस्कृति पार्टीमुमतज बेगम,उज्यालो नेपाल पार्टीका तिर्थ बहादुर गुरुङ,जन अधिकार पार्टी संजय कुमार सहनी तथा स्वतन्त्र तर्फ राकेश कुमार साह कानु,चन्द्र प्रकाश सुवेदी, सुनिल पासवान,सन्तोष पंडित कुम्हार, उमरावती देवी साह,सुरेश प्रसाद शर्मा सुवेदी,लाल मुकेश ठाकुर र सविना गोलेले उम्मेदवारी दिए । क्षेत्र नं. ४ मा नेपाल कम्युनिष्ट पार्टीका कृष्ण कुमार श्रेष्ठ,नेपाली काँग्रेस श्यामबाबु गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिप कुमार शर्मा नेपाल,राष्ट्रिय जनमोर्चाकी सरस्वती उपाध्याय,नेपाल संघीय समाजवादी पार्टीका कलामुदिन हवारी,मंगोल नेशनल अर्गनाइजेसनका सुब्वा लाल तामाङ्ग ,जनमत पाटीर्का हसनजान मिया, नेपाल लोकतान्त्रिक पाटीर्का सुरेश प्रसाद,जनता समाजवादी पार्टीका, नेपाल सन्जु साह कानु , प्रजातान्त्रिक पार्टी नेपाल मुनी खातुन,राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी, आम जनता पार्टीका उमेश कुमार कुश्वाहा, नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा, प्रगतिशील लोकतान्त्रिक पार्टीका,अवधकिशोर प्रसाद कुशवाहा,राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल,राष्ट्रिय एकता दल विनय यादव,युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टीका नरबहादुर श्रेष्ठ,श्रम संस्कृति पार्टीका गोपाल बहादुर खत्री, उज्यालो नेपाल पार्टीका सन्तोष कुमार गुप्ता, राष्ट्र निर्माण दल नेपाल समीम मीया अंसारी, स्वतन्त्र भोला मियाँ, नसिमा खातुन,पुर्ण प्रसाद पन्थ, राजदेव राम दुसाद,असरार आलम ठकुराई,संजु चौधरी,उषा बुढाथोकी (प्रसाई), मोहन प्रसाद चौलागाई, धिरेन्द्र चौधरी,साकिब आलम मंसुरी, दिपक सिंह चौधरी, विमला खतिवडा, मंगेश्वर पटेल, शम्भु प्रसाद यादव,मुकेश कुमार रौनियार,सन्दिप यादव,बैधनाथ प्रसाद साह, निराजन कुमार र भेखनारायण प्रसाद साह तेलीले मनोनयन दर्ता गराएका थिए। माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय तोकिएको भए पनि कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार उजुरी नपरे पनि माघ ८ गते मनोनयनपत्र तथा उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ।त्यस्तै माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तालिका रहेको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिएका छन् ।
त्यसैगरी इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेका अनुसार क्षेत्र १ मा नेपाल कम्युनिष्ट पार्टीका अजय कुमार गुप्ता,नेपाली काँग्रेसका अनिल कुमार झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाह,नेपाल मजदुर किसान पार्टीका बैद्यनाथ प्रसाद चौधरी,नेपाली जनता दलका संजय कुमार यादव,नेपाल संघीय समाजवादी पार्टीका जाजुल देवान, जनमत पार्टीका देवेन्द्र मिश्र,जनता समाजवादी पार्टी नेपालका योगेन्द्र राय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी,आम जनता पार्टीका त्रिभुवन साह,नेपाली कम्युनिष्ट पार्टीका माधव कुमार नेपाल,प्रगतिशील लोकतान्त्रिक पार्टीका राजाराम मुखिया जय मातृभूमि पार्टीका रंजित कुमार पटेल,सार्वभौम नागरिक पार्टीका सुनिल प्रसाद कुसवाह,उज्यालो नेपाल पार्टीका उमेश कुमार शाह,राष्ट्रिय मुक्ति पार्टीका मो.तनवीर अखतर मिकरानी,राष्ट्र निर्माण दल नेपालका प्रभा कुमारी सिंह,जन अधिकार पार्टीका संजय कुमार यादव,स्वतन्त्र लक्ष्मेश्वर नारायण साह तथा स्वतन्त्र तर्फ ईन्दु देवी गुप्ता राजु कुमार मुखिया,मुनिन्द्र कुमार ठाकुर,श्याम वावु प्रसाद,शम्भु प्रसाद,बिबेक चौधरी,राम सेवक राय,संजीव कुमार यादव, रामकृत साह,मृणाल कुमार शाह,राम नरेश राय यादव,अमृता कुमारी यादव,राधेश्याम साह तेली,रामानन्द शर्मा,दिनेश कुमार यादव, सरोज कुमार कुशवाहा,दिनेश राय,रवि अर्चनम् वर्मा,राम किशोर ठाकुर र अभिषेक मिश्रले उम्मेदवारी दर्ता गराए । क्षेत्र २ मा नेपाल कम्युनिष्ट पार्टीका महम्मद अतिउल्लाह,नेपाली काँग्रेसका मो.फरदोश आलम,राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र साह,राष्ट्रिय जनमोर्चाका नेक महम्मद,नेपाल मजदुर किसान पार्टीका शेख अमिरुल हक,नेपाल जनता पार्टीका राज कुमार यादव,जनमत पार्टीका सोनु कुशवाहा,जनता समाजवादी पार्टी, नेपाल रामअशिष राय यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिर,आम जनता पार्टीका श्रीभगवान राउत कुर्मी,नेपाली कम्युनिष्ट पार्टीका किरण कुमार साह,प्रगतिशील लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जयसवाल,उज्यालो नेपाल पार्टीका रामाकान्त प्रसाद पटेल,राष्ट्रिय मुक्ति पार्टी नेपालका संजय सहनी तथा स्वतन्त्र तर्फ शेख मुस्ताक दिलिप प्रसाद जैसवाल, श्यामलाल साह तेली,मो. फिरोज अख्तर,जैलाल प्रसाद कुशवाहा,रामजन्म प्रसाद यादव,रामाकान्त प्रसाद पटेल,मनोज कुमार बैठा,शेख राहिल अहमद,मो. नसिम अख्तर,शेख महमद इफरान,मो. इम्रान असलमले मनोनयन दर्ता गराए । क्षेत्र २ मा नेपाल कम्युनिष्ट पार्टीका कुन्दन प्रसाद कुशवाहा,नेपाली काँग्रेसका रामकृपाल प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी सिकिन्द्र राय यादव,नेपाल मजदुर किसान पार्टीका रेखा कुमारी पटेल,नेपाल संघीय समाजवादी पाटीका शेख साजिद,मंगोल नेशनल अर्गनाइजेसनका उत्तर बहादुर राना मगर,जनमत पार्टीका शेख प्रवेज आलम,नेपाल लोकतान्त्रिक पार्टीका वीरेन्द्र कुमार गुप्ता,जनता समाजवादी पार्टी नेपालका गोविन्द चौधरी,नागरिक उन्मुक्ति पार्टी चनचन चौधरी थारु,राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र पटेल आम जनता पार्टीका प्रभु साह,नेपाली कम्युनिष्ट पार्टीका पुनम देवी,प्रगतिशील लोकतान्त्रिक पार्टीका उपेन्द्र मुखिया वीन,संयुक्त नागरिक पार्टीका शम्भु प्रसाद यादव,श्रम संस्कृति पार्टीका जमशेद अंसारी तथा स्वतन्त्र तर्फ विजय कुमार साह तेली,लालबाबु प्रसाद कुशवाहा,पिन्टु दास तत्मा,उपेन्द्र पंडित कुम्हार,रतनेश महतो कोइरी तथा स्वतन्त्र हरिन्द्र राय यादव ,दरोगा साह,जहुर आलम,अमिन्द्र राय यादव,नेजाम मंसुरी, पुनित राम महरा, धिरज चौधरी,सुरेन्द्र बैठा,राजेन्द्र महरा ,शेख ओसी महमद,छविलाल महतो,बिजयकुमार चौधरी,कृष्णा राम चमार,हिरामती देवी कोइरी,भरत राय यादव, भागनारायण राय,प्रभु राय यादव,राजेश साह,भोला पाण्डेय र शिव चन्द्र शाहले उम्मेदवारी दर्ता गराए । त्यस्तै क्षेत्र ४ मा नेपाल कम्युनिष्ट पार्टीका रामजी साह सोनार नेपाली काँग्रेसका देव प्रसाद तिमलसेना,राष्ट्रिय प्रजातन्त्र पार्टी रुपलाल राय यादव,नेपाल मजदुर किसान पार्टी दिनेश प्रसाद साह,मंगोल नेशनल अर्गनाइजेसनका विर बहादुर थोकर,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा सिं रुम्बा,जनमत पार्टी का राम कल्याण राउत,जनता समाजवादी पार्टी नेपालका राजकुमार दास तत्मा,बहुजन एकता पार्टी नेपालका सत्यनारायण महरा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल,आम जनता पार्टीका ऋषीराज धमला,नेपाली कम्युनिष्ट पार्टीका राम कुमार भट्टराइ,प्रगतिशील लोकतान्त्रिक पार्टीका सत्य नारायण भगत बीन,संयुक्त नागरिक पार्टीका केशव राई,श्रम संस्कृति पार्टीका नवराज अर्याल,नेपाली कम्युनिस्ट पार्टी (माओवादी) किशोरी सहनी,उज्यालो नेपाल पार्टीका तुलसी राज गिरी तथा स्वतन्त्र तर्फ अन्जु चौधरी,गौतम कुमार साह,सुजिता कुमारी गौतम,कुसुम खातुन,जाहाना खातुन,लक्ष्मीनिया चौधरी,मुक्ति नारायण चौधरी,समसुन खातुन,चन्द्रिका लाल साह,उमेश दाहाल,समिर बाबु कार्की,किरण कुमार काफले,प्रेमकुमारी त्रिपाठी तथा स्वतन्त्र तर्फ पवन कुमार चौधरी,विन्दा लाल साह, हरिहर मुखिया बिन,सोम प्रसाद तिमलसीना, जितेन्द्र प्रसाद बीन,बैजु प्रसाद पटेल र सुरेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मनोज बरालले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालका वर्षीय दीपक कार्की,नेपाल कम्युनिस्ट पार्टीका मातृका प्रसाद यादव,नेपाल कम्युनिस्ट पार्टी रामचन्द्र मण्डल ,इतिहास जनता पार्टीका मिथिला बिहारी बद्रीनारायण ठाकुर,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बिहारी राय अमात, जनमत पार्टीका ब्रह्मदेव महतो,राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मल्ल ठकुरी,उज्यालो नेपाल पार्टीका महेशकुमार यादव,नेपाली कांग्रेसका राम पल्टन शाह,मङ्गेल नेसनल अर्गनाइजेसन पार्टीका रामबहादुर लामा,राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी शाह कमल,आम जनता पार्टीका इन्द्रजित साफी,नेपाल संघीय समाजवादी पार्टीका सतार मन्सुर तथा स्वतन्त्र उम्मेदवार तर्फ बालकृष्ण यादव,मनमोहन प्रसाद यादव,रमेश्वर साहु सुडी, राजनारायण शाह, राजेशकुमार सहनी, राम दुलारी महतो, अजय भण्डारी, औति कुमारी विश्वकर्मा, ककुलती कुमारी शाह, किरणकुमारी कापर, किरणकुमारी पासमान,किरणकुमारी यादव,चन्देश्वर दास तत्मा , जयकृष्ण शाह मण्डल , जित राय अमात, परशुराम शाह, पवनकुमार यादव, राम प्रीत दास तत्मा , रोशन कुमार शाह , लालेश्वर यादव , विजयकुमार यादव, शारदादेवी पिसिङ ,सुदीप कुमार यादव ,सुदिश मण्डल , सुमन विश्वकर्मा ,सोचिन्द्र यादव र सन्जितकुमार शाहले उम्मेदवारी दर्ता गराए । क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टीका उमाशंकर अर्गरिया,नेपाली कांग्रेसका सहिद दिनेशप्रसाद यादव पर्सैला,जनता समाजवादी पार्टी नेपालका पशुपति यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका महेश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र झा ,राष्ट्रिय स्वतन्त्र पार्टीका रामविनोद यादव , जनमत पार्टीका सुरेन्द्रप्रसाद यादव ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का श्याम सुन्दर पजियार,नेपालका लागि नेपाली पार्टीका उमेश कुमार मण्डल ,राष्ट्रिय मुक्ति पार्टी नेपालका विनोद कुमार ठाकुर तथा स्वतन्त्र अजय कुमार दास,अजय कुमार मरिक,अनिल कुमार यादव ,उमेश दास ,जयनाथ अधिकारी, ठकना पासवान, डोमी महाराज चमार , भोला पासवान ,मुकेशकुमार यादव रामकिशोर पासवान, राम प्रकाश यादव, राम सुभेश मण्डल खतबे,रामसागर यादव,रिंकुदेवी मण्डल, लक्ष्मी मुखिया, लालबाबु मण्डल,शिवकुमार गोहियार यादव,सन्तोष कुमार यादव मरिक, सरोज कुमार महारा,सागर यादव,साधुशरण मर्वैता,सुजित कुमार दास, ज्ञान कुमार यादव ले उम्मेलवारी दर्ता गराएको निर्वाचन अधिकृत दामोदर रेग्मीले जानकारी दिए । क्षेत्र नं ३ मा नेपाल जनता पार्टीका अमरेन्द्र कुमार झा,नेपाल मजदुर किसान पार्टीका गंगा लक्ष्मी वैध,जनमत पार्टीका गोपालप्रसाद शाह,नेपालका लागि नेपाली पार्टीका चन्दन कुमार झा,नेपाल कम्युनिस्ट पार्टीका जुली कुमारी महतो महासेठ, जनता समाजवादी पार्टी नेपालका परमेश्वर शाह सुडी, आम जनता पार्टीका प्रदिपविक्रम शाह,उज्यालो नेपाल पार्टीका प्रमोद कुमार शाह,राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा,नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डल, नेपाली कांग्रेस पार्टीका बिमलेन्द्र निधि,श्रृम संस्कृति पार्टीका सदाम हुसेन, राष्ट्र निर्माण दल नेपालका सबनम खातुन साफी, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुसेन कवारी, नेपाल कम्युनिस्ट पार्टी माओवादीका महेन्द्र कुमार कर्ण तथा स्वतन्त्र उम्मेदवारहरू अजयकुमार यादव, अमित कुमार पाठक, अरविन्द्र कुमार पासवान, आनन्द दास तत्मा , कृष्ण कुमार शाह , कृष्ण कुमार सुल्तानिया, केवल ठाकुर , दिवाकर कुमार शाह, नवोनाथ ठाकुर, नवीन कुमार रञ्जन , विक्रम शाह , भरत कुमार शाह , मनोज कुमार शाह, मातृका प्रसाद दास , मुकेश यादव , राजकुमार भण्डारी , राजीव कुमार झा , राजु कुमार शाह, राम सरोज शाह , रोशन यादव , विनोद कर्ण , श्याम किशोर शाह ,सीता देवी ,सीता देवी शाह , सीताराम महतो , सुनिल शाह ,सुरैत मण्डल ,सुवदार यादव , हरिनरायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत अधिकृत सुभाष बाबु पुरीले जानकारी दिए । त्यसैगरी निर्वाचन क्षेत्र नं ४ बाट नेपाल कम्युनिस्ट पार्टी माओवादीका देवनारायण शाह, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका सूर्यप्रसाद लामा, नेपाल कम्युनिस्ट पार्टीका रघवीर महासेठ , नेपाली कम्युनिस्ट पार्टीका सञ्जय कुमार महतो , राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबाबु शाह हलवाई, राष्ट्रिय एकता दलका जितेन्द्र दास , प्रगतिशील लोकतान्त्रिक पार्टीका राकेश कुमार राय , राष्ट्रिय मुक्ति पार्टी नेपालका महावीर यादव ,आम जनता पार्टीका सम्पत्त महतो कोइरी , नेपाली कांग्रेसका महेन्द्र यादव ,जनता समाजवादी पार्टी नेपालका कृष्ण चन्द्र प्रसाद शाह , जनमत पार्टीका इन्द्रजित कुमार यादव , राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकिशोर महतो र स्वतन्त्र उम्मेदवारहरू बबी कुमारी महतो ,रामकुमार महतो कोइरी, जागेश्वर महतो कोइरी, नारायण बास्तोला, राम हृदय महतो, राजेन्द्रकुमार यादव, जङ्गबहादुर यादव, मुकेश कुमार यादव, अनिल कुमार चौधरी, हरिप्रसाद पौडेल, राजकिशोर महरा, दिपेश कुमार यादव, वीरेन्द्रकुमार यादव, सतीश कुमार शाह, हरिशंकर प्रसाद यादव, दीपक यादव, राजु कुमार शाह,सीता देवी, सीता देवी शाह, सुनिल शाह, विक्रम शाह, भरत कुमार शाह,नवोनाथ ठाकुर, सुनिल शाह, मिथलेश कुमार यादव, राम हृदय यादव,योगेन्द्र लाल यादव, विनोद कुमार यादव,राजकुमार महतो र राजेश चौधरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवाडाकाले अनुसार यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका जानकारी दिए ।